काठमाडौं । अब नेपालमै उड्ने ट्याक्सी देख्न पाइने भएको छ ।
नाडा अटो शो २०२५ मा प्रदर्शनका लागि दिपाल इभिटोल फ्लाइङ ट्याक्सी नेपाल भित्र्याइएको छ ।
शनिबार नेपाल ल्याइएका यस उच्च प्रविधिको ट्याक्सीबारे नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले जानकारी दिएको हो ।
यस्तै, अत्याधुनिक युनिट्री रोबोट्स पनि काठमाडौं आइपुगेको नाडाले घोषणा गरेको छ ।
नाडाका अनुसार तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अन्य प्राविधिक कारणले यी प्रविधि नेपाल ल्याउन केही ढिलाइ भएको भए पनि अन्ततः नेपालमा ल्याउन सफल भएको हो ।
यसलाई नेपालको लागि एउटा ऐतिहासिक उपलब्धि मानिएको छ ।
यी प्रविधिहरू पहिलोपटक सार्वजनिक रूपमा आगामी नाडा अटो शो २०२५ मा देखाइने छन । १७औं संस्करणको यस भव्य प्रदर्शनीले नेपालमा नयाँ प्रविधिको सम्भावना उजागर गर्ने आयोजकले बताएका छन ।
कार्यक्रम २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।
नाडाले आम सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई उड्ने कार र अन्य अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ ।
Categorized in प्रबिधि