७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी हुँदै


प्रकाशित: शुक्रवार, १६ साउन २०८२, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी नेपाल फिटनेस एक्स्पो २०८२ आयोजना हुने भएको छ । 


फिटनेस शिक्षा र उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लासिक फिटनेस एकेडेमीको आयोजनामा यो एक्स्पो भदौ १४ देखि १६ गतेसम्म राजधानीको मल्ल होटलमा सञ्चालन हुने आयोजकले जनाएका छन । 


फिटनेससम्बन्धी सामग्री, सेवा, उपकरण, पोषण, परामर्श र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहितको यो एक्स्पोमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड, विशेषज्ञ, खेलाडी, प्रशिक्षक र व्यवसायिक प्रतिनिधिहरूको सहभागिता रहने क्लासिक फिटनेस एकेडेमी नेपालका संस्थापक अध्यक्ष रोजल  शाहीले जानकारी दिए । 


३२ देशका ब्रान्ड र प्रतिनिधिको सहभागिता

 


फिटनेस एक्स्पोमा भारत, अमेरिका, चीन, कोरिया, अष्ट्रेलिया लगायत ३२ भन्दा बढी देशका फिटनेस ब्रान्ड, विशेषज्ञ र उत्पादक कम्पनीहरूको सहभागिता रहने निर्देशक रोजल शाहीले जानकारी दिए । 


उनले भने, “नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको यस्तो फिटनेस प्रदर्शनी हुँदैछ, जुन नेपाललाई अन्तर्राष्ट्रिय फिटनेस म्यापमा चिनाउने अवसर हो ।”


व्यवसाय, स्वास्थ्य र जानकारीको मिलनबिन्दु

 


एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिटनेस ब्रान्डहरूको प्रदर्शनीसँगै फिटनेस गियर, उपकरण, सप्लिमेन्ट, पोषण, स्पोट्र्सवेयर, हेल्थ क्लिनिक, योगा केन्द्र र सम्बन्धित सेवाहरू पनि प्रस्तुत गरिनेछ । 


साथै, फिटनेस आइकनहरूसँग ‘मिट एण्ड ग्रिट’ सेसन, सेमिनार, कार्यशाला, लाइभ ट्रेनिङ र मोटिभेसनल प्रोग्रामहरू पनि सञ्चालन हुनेछन । 


फिटनेस पर्यटनलाई समेत टेवा

 


शाहीका अनुसार नेपाललाई फिटनेस पर्यटनको गन्तव्य बनाउने दिशातर्फ पनि यो एक्स्पो एक कोशेढुंगा बन्नेछ । विदेशी व्यवसायी तथा ब्रान्डलाई नेपालमा लगानीका अवसर देखाउने अवसर पनि यसले दिने उनले बताए । 


फिटनेस उद्योगमा नयाँ युगको सुरुवात


नेपालमा फिटनेस व्यवसाय विस्तार हुँदै गए पनि यो क्षेत्र अझै संरचित नभएको अवस्थामा यस्तो अन्तर्राष्ट्रिय प्रदर्शनीले व्यवसायिक नेटवर्क, ज्ञान आदानप्रदान र बजार विस्तारमा सघाउने विश्वास गरिएको छ ।

 


प्रवेश निःशुल्क


तीन दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 


आयोजकका अनुसार, करिब ३० हजारभन्दा बढी दर्शकले एक्स्पोमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex