१३ बैशाख २०८१, बिहिबार
Header

नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि


प्रकाशित: सोमवार, २० मंसिर २०७८, १५ः३० बजे
- महानगरखवर

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा पनि पुष्टि भएको छ ।


सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।


सहप्रवक्ता अधिकारीका अनुसार एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

 
संक्रमित दुवैले कोरोना भाइरस विरूद्धको खोप लगाईसकेका छन । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए ।


 ती व्यक्तिलाई कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा  मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।


हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD