१५ बैशाख २०८१, शनिबार
Header

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि, अस्पताललाई अलर्ट रहन निर्देशन


प्रकाशित: शुक्रवार, २३ पुस २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भाईरस ओमिक्रोन पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक विज्ञप्ती जारी गरी ओमिक्रोनको नयाँ संक्रमित थपिएको बताएको हो ।


मन्त्रालयका अनुसार पुसमा संकलित १ हजार १४६ पोजिटिभ नमुनाह?को एस जिन स्क्रिनिंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थियो । 


सो मध्ये २४ जनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाह?मा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले बताएको छ । 


ओमिक्रोन फैलिएसँगै मन्त्रालयले सबै अस्पतालह?लाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । साथै उपचारका लागि आवश्यक अक्सिजन लगायत अन्य सामग्री र स्वास्थ्यकर्मीह?लाई तयारी अवस्था रहन भनेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD