१३ बैशाख २०८१, बिहिबार
Header

नेपालमा चौथो व्यक्तिमा कोरोनाको पुष्टि


प्रकाशित: शुक्रवार, १४ चैत्र २०७६, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन । 


प्रवक्ता देवकोटाका अनुसार ती व्यक्ति प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको छन । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।


प्रवक्ता देवकोटाले विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


दुई जनाको टेकु अस्पतालमा उपचार भईरहेका छन भने एक जना निको भईसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD