६ बैशाख २०८१, बिहिबार
Header

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो


प्रकाशित: शनिवार, १५ चैत्र २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । युरोपबाट नेपाल फर्किएकी २२ वर्षीया एक युवतीमा संक्रमण पुष्टि भएको छ ।  बेल्जियमबाट नेपाल आएकी ती युवती बागलुङकी हुन । 


ती युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको संख्या ५ पुगेको छ ।  


दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


यी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।
उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD