११ भाद्र २०८३, बिहिबार
Header

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, पाँच जना निको भए


प्रकाशित: मंगलवार, ९ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । उदयपुरमा मंगलावर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४२ पुगेको छ । 


उनीहरुको मध्ये ३ जनाको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र ८ जनाको रानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताएका छन । 


उनीहरु उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दा हुन । 


मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष,३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन ।


यसैविच आज कैलालीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किएका छन ।


धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका युवक २८ दिनमा निको उपचारपछि निको भई घरको फर्केहो । उनलाई मंगलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।


यस अघि कैलालीकै एक जना २१ वर्षिय युवक, वाग्लुङकी ६५ वर्षिया बृद्धा, काठमाडौकी १९ वर्षिय युवती र पर्साको पहिलो संक्रमित निको भएर घर फर्किसकेका छन । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex