१२ बैशाख २०८१, बुधबार
Header

नेपालमा कोरोना संक्रमितको संख्या १०२, निको हुने ३० जना 


प्रकाशित: शुक्रवार, २६ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालगञ्जमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ ।


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन ।


रुपन्देहीमा ३ जना, नेपालगञ्जमा  २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए । 


संक्रमित मध्ये २७ जना निको भएर घर फर्किएका छन भने ३ जना पुन कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा उपचाररत रहेका छन । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD