काठमाडौं । नेपालमा कोराना भाईरसको संक्रमणमा २ जना भेटिएको अस्पतालले जनाएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको भएको छ ।
अस्पताल स्रोतका अनुसार चीनबाट नेपाल आइपुगेकी ४८ वर्षकी महिलामा कोरोना भाइरस संक्रमणको देखिएको हो ।
हङकङ पठाइएको रगतको नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो ।
यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।
संक्रमित महिला चीनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए ।
Categorized in स्वास्थ्य