११ बैशाख २०८१, मंगलबार
Header

नेपालमण्डल टेलिभिजनको अध्यक्षमा रमेश महर्जन पुनः निर्वाचित


प्रकाशित: शनिवार, २५ पुष २०७७, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपालमण्डल टेलिभिजनको अध्यक्षमा रमेश महर्जन पुनः निर्वाचित भएका छन । 


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका महर्जन आगामी चार बर्षका लागि पुनः निर्वाचित भएका हुन । 


शनिवार ललितपुरको भोलधोखास्थित ज्यापूसमाजको भवनमा सम्पन्न भएको टेलिभिजनको ९ औ साधारणसभा तथा दोश्रो महाअधिवेशनले महर्जनलाई पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो । 


सभाले संचालक समितिका सदस्यहरूमा उद्योगपतिहरू पद्म ज्योति, दिपक श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, मंगल महर्जन, कुमारराजा महर्जन, सिल्भिया राजोपाध्याय्, नातिभाइ महर्जन र शर्मिला महर्जन पनि सर्वसम्मतले चयन गरेको छ ।


नवनिर्वाचित अध्यक्ष महर्जनले आगामी कार्यकालमा नेपालमण्डल टेलिभिजनले देश भित्रको मात्र नभएर विदेशमा रहेका संघसस्थाहरूसँग मिलेर गुणस्तरीय कार्यक्रम, समाचारहरूको उत्पादन एवमं प्रशारण गर्ने बताए । 


ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सभामा नेपालमण्डल टेलिभिजनको आर्थिक वर्ष २०७६ / ०७७ वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने २ वर्ष अघि नेपालमण्डलले टेलिभिजनले आयोजना गरेको कलाकार मनराजा साँगितिक कार्यक्रमबाट उठेको आम्दनीबाट नेपाल मण्डल टेलिभिजन श्रस्ता सम्मान कोष पनि स्थापना गरेको छ । 


उक्त कोषको लागि संस्थापक सदस्य एवमं प्रबन्ध निर्देशक प्रकाशकाजी महर्जन, उद्योगपति बाबुराजा महर्जन, ज्यापूसमाजका अध्यक्ष चन्द्र महर्जन ,संचालक समितिका सदस्यहरू मंगल महर्जन, शर्मिला महर्जन, सिल्भिया राजोपाध्याय्ले रकम प्रदान गरेका थिए ।   


त्यस्तै कार्यक्रममा नेपालमण्डल टेलिभिजनको प्रगतिको लागि ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, सल्लाहकारहरू रामकाजी अबाले, बाबुराजा महर्जन लगायतले शुभकामना दिएका थिए । 


२०६८ सालको योमरी पूर्णिमाका दिन नेवार समुदायको कला, संस्कृति, भाषा, सभ्यता प्रचार प्रसार गर्ने उद्धेश्यले नेपालको पहिलो आदिवासी टेलिभिजनको रूपमा नेपाल मण्डल टेलिभिजन स्थापना भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD