काठमाडौँ । नेपाल भाषाको कबि तथा भाषासेवी नातिबज्र बज्राचार्यको बुधवार राती निधन भएको छ ।
बज्राचार्यको ८१ वर्षको उमेरमा उनको निधन भएको पारिवारजनले बताएको छ ।
साहित्य साधनाका साथसाथै बज्राचार्यले भोटाहिटी, दगुबहालमा सफू धुकू नामको पसल खोलेर नेपाल भाषाका पुस्तकहरु बिक्री गर्ने गर्दथे ।
उनका ‘सुति लः’, ‘जीवनया दुवाःतय्’ लगायतका कविता सङ्ग्रह र केही गीति एल्बम प्रकाशित छन ।
बज्रचार्यको श्रीमती, एक छोरा र एक छोरी रहेका छन । उनको विहिवार शोभा भगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिँदैछ ।
उनको केही दिन यता वीर अस्पतालमा उपचार भईरहेको थियो ।
Categorized in सम्पदा/संस्कृति