काठमाडौ । काठमाडौ महानगरभित्रका विद्यालयहरुमा स्थानीय भाषा (नेपाल भाषा) पाठ्यक्रम लागु भएपछि महानगर प्रमुख विद्यासुन्दर शाक्यको चर्चा बढेको छ ।
महानगरवासीले प्रमुख शाक्यले नेपाल भाषाको महत्वलाई उजार गरेको र व्यवाहारिक प्रयोग गरी स्थानीय स्तरमा भाषागत रोजगार समेत सिर्जना गरेकोमा धन्यवाद समेत दिईरहेका छन ।
यसै सन्दर्भमा नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौले महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक स्तरबाट अभिनन्दन गर्ने भएको छ ।
चैत्र २८ गते एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई सम्मान गरिने भएको दबुका काठमाडौं जिल्ला सदस्य मनोजरत्न खड्गीले जानकारी दिए ।
उपत्यकाका भाषा, संस्कृति, सम्पदा, भेषभूषा रहनसहनको बारेमा विस्तृत जानकारी दिने उद्देश्य तथा संघीय संविधानबाट प्राप्त अधिकारको प्रयोग गरी महानगरपाकिाले काठमाडौ महानगरभित्रका विद्यालयहरुमा अधारभूत तह कक्षा १ देखि ८ सम्म स्थानीय भाषा (नेपाल भषा) पाठय्क्रम पठनपाठन सुरु गरेको छ ।
गत फागुन २८ गते एक कार्यक्रम गरी नेपाल भाषाको पाठय्पुस्तक कक्षा १ देखि ४ सम्मको ‘येँ देय् म्हसिके’ (काठमाडौं चिनौ) पुस्तक सार्वजनिक गरिसकेको छ ।
नेपालभाषा पाठयपुस्तक पढाउन प्रशिक्षण सहायकको भर्ना प्रक्रिया समेत अन्तिम चरणमा पुगेको महानगरपालिकाले बताएको छ ।
नेपाल भाषा संरक्षण तथा सम्बद्र्धनमा यो कोशेढुगा सावित भएको भाषिक अभियान्ताहरुले बताएका छन ।
Categorized in सम्पदा/संस्कृति