काठमाडौं । नेपाल भाषाको दुई दिने चलचित्र महोत्सव ललितपुरको थसि (सिद्धिपुर) हुने भएको छ ।
महोत्सवमा नेपाल भाषाका चर्चित निर्देशक तथा निर्माता रविन्द्र शाहीलाई विशेष सम्मान गर्ने आयोजकले जनाएको छ ।
सुकुन्दा फिल्म प्रोडक्शनको आयोजनामा बैशाख १४ र १५ गते हुन लागेको महोत्सवको उद्घाटन नेपालमण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
यस महोत्सवमा निर्देशक रविन्द्र शाहीको शर्ट फिल्म ‘मू’ र उनकै निर्देशनमा निर्माण भएको ‘थःम्हं म्हूगु गाः’ देखाइने भएको छ ।
आयोजक संस्थाका अध्यक्ष तथा चलचित्र निर्देशक एवं कलाकार बासु शाहीका अनुसार सुकुन्दा फिल्म प्रोडक्शनले करीब १५ वर्ष अगाडि देखि निरन्तर नेवाः चलचित्र निर्माण गर्दै आएको छ ।
सो महोत्सवमा बासु शाहीको निर्देशन र रहेको ‘वाःया दुने जाकि दु’ र सुरेन्द्र मानन्धरको शर्ट फिल्म ‘नेवाः झी नेवाः हे जुइ’ पनि देखाइने भएको छ ।
Categorized in मनोरन्जन