काठमाडौं । नेपालभाषाको वाङमय क्षेत्रमा स्थापित एक प्राज्ञिक संगठन नेपालभाषा एकेडेमीको १८ औं साधारण सभा मंगलबार सम्पन्न एको छ ।
कीर्तिपुरको स्थित न्यामासिमा (पाँच रुख) अवस्थित आयोजित सभाले नेपालभाषा एकेडेमीको पार्षदमा साहित्यकार निर्मल मान तुलाधर, नृत्य कलाकार नारायणदेवी प्रधान, साहित्यकार शाक्य सुरेन, पत्रकार सुरेशकिरण मानन्धरलाई चयन गरेको छ ।
त्यसैगरी चित्रकार एकाराम सिं र साहित्यकार पुर्ण मुनकःमिलाइ चयन गरेको छ भने माइक्रोसफ्ट विज्ञ एलन बैलोचन तुलाधरलाइ आमन्त्रित पार्षदको रुपमा चयन गरेको छ ।
उक्त एकेडेमीका संरक्षक वाङमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद सत्यमोहन जोशी प्रमुख अतिथीका रुपमा रहेको सो साधारण सभा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरन्जन नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
सो साधारण सभा मा उक्त एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष डा. पुष्पराज राजकर्णिकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो साधारण सभामा जनकवि दुर्गालाल श्रेष्ठ,भाषाबिद हितकरवीर सिंह, डा.सुमनकमल तुलाधर र प्रमुख अतिथी डा.जोशीले मन्तव्य राखेका थिए ।
Categorized in समाज