८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु


प्रकाशित: सोमवार, २० असोज २०८२, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा यस वर्षको मनसुन आजदेखि बाहिरिन सुरु भएको छ । 


जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रूपमा मनसुन बाहिरिएको छ ।


विभागले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानहरूबाट पनि मनसुन बाहिरिन थालेको छ । 


मनसुनको अवस्थाः

 


बाँकी प्रदेशहरूबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।


विभागका अनुसार अहिले मनसुनी वायु क्रमशः कमजोर हुँदै गएको छ, जसका कारण देशभर मनसुनको प्रभाव अन्त्यतिर पुगेको हो । 


नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो अर्थात मे ३० (जेठ १६ गते) भित्रिएको थियो । 


त्यसैगरी, यस वर्ष मनसुन सरदर मितिभन्दा चार दिन ढिलो अर्थात् अक्टोबर ६ (असोज २० गते) देखि बाहिरिन सुरु भएको विभागले जनाएको छ ।


जल तथा मौसम विज्ञहरूले मनसुनको अन्त्यसँगै देशभर चिसो बढ्ने, मौसम सफा हुने र शरद ऋतुको प्रभाव स्पष्ट रूपमा देखिन थाल्ने बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex