नेपालगञ्जमा मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८ भव्यताका साथ सम्पन्न भएको छ । नेपालगञ्जमा पहिलोपटक आयोजना भएको विवाहित महिलाहरुको प्रतिभा प्रतियोगीता मिसेज डिभा इन्टरनेशनल र बालबालिकाहरुको प्रतियोगीता किड्स अफ द इयर २०१८ गत शनिबार भव्य रुपमा सम्पन्न भएको हो ।
मिसेज डिभामा क कसले जिते ?

नेपालगञ्जको पहिलो मिसेज डिभा इन्टरनेशनलसरिता शर्मा बनेकि छिन् । सरिताले टाइटलको साथमा भ्यूअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार पनि हात पारिन् ।
दोश्रो स्थानमा पर्न सफल पूजा गुप्ताले बेस्ट वाल्कको पुरस्कार पनि जितिन् । संगीता आर.सि. तेश्रो स्थानमा परिन भने उनी प्रतियोगीतामा बेस्ट ट्यालेन्ट हुन पनि सफल भइन् ।
उपाधी विजेताहरुलाई आयोजकले ताज पहिर्याइ दिए । उपाधी विजेता सरितालाई आयोजकको तर्फबाट राज फैजु, श्रीषा वैदार फैजु र हेमराज सन्तोष खनालले ताज पहिर्याई दिए ।
दोश्रो भएकि पूजालाई गीता शाह र अनुप डंगोलले र तेश्रो भएकि संगीतालाई पिंकि शाह र दिपेन्द्र केसीले ताज पहिर्याई दिएका थिए ।
मिसेज डिभा इन्टरनेशनलको फाइनल अडिसनमा पाँच जना प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । अडिसनबाट छानिएका पाँच जना विवाहित महिलाहरुले फाइनल अडिसनमा प्रतिस्पर्धा गरेका थिए ।
विवाहित महिलाहरुको घरभित्रै लुकिरहेको प्रतिभा उजागर गर्ने उद्देश्यले मिसेज डिभाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
किड्सतर्फका क कसले के के जिते ः

किड्स अफ द इयर २०१८ तर्फ ब्वाइजमा विपिन खड्काले उपाधी जिते । विपिनले उपाधीको साथमा बेस्ट वाल्क र बेस्ट ड्रेसको पुरस्कार पनि जिते ।
अभिनव शर्मा दोश्रो स्थानमा परे भने उनले बेस्ट ट्यालेन्ट पनि पाए । तेश्रो स्थानमा पर्न सफल कुशाग्र गुप्ताले बेस्ट सिन्सियर पनि पाए ।
विजेताहरुलाई सुरेन्द्रकुमार श्रेष्ठ (जेनिस) ले ताज पहि¥याइदिए । सुरेन्द्र काठमाडौंमा भएको लिटिल प्रिन्स प्रतियोगीताको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड्स फेसन रनवे २०१८ मा तेश्रो स्थानमा विजयी प्रतियोगी हुन् ।
गल्र्सतर्फ संचिता राणाले उपाधी हात पारिन् । संचिताले उपाधीको साथमा बेस्ट वाल्क पनि पाए ।
प्रति उषा घिमिरे दोश्रो भइन् भने उनले भ्यूअर्ज च्वाइस पनि पाए । बेस्ट लीडरसीप समेत पाएकि सोनिया साउद तेश्रो स्थानमा परिन् ।
उपाधी विजेताहरुलाई सैब्या घिमिरेले ताज पहिर्याइ दिए । सैब्या काठमाडौंमा सम्पन्न लिटिल प्रिन्सेज प्रतियोगीताको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड्स फेसन रनवे २०१८ मा उपाधी विजेता हुन् ।

किड्सतर्फ ८ देखि १५ वर्षसम्मका २३ जना बालबालिकाहरुको सहभागीता थियो । बालबालिकाहरुमा लुकेर बसेको प्रतिभासँग उनीहरुलाई साक्षात्कार गराउने उद्देश्यले किड्स प्रतियोगीता आयोजना गरेको आयोजकको भनाई छ ।
प्रतियोगीतामा विजयी किड्सहरुले विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगीतामा समेत सहभागीता जनाउने अवसर पाउने रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर साथै ईन्टरनेशनल कोरीयोग्राफर राज फैजुले बताउनुभयो ।
आफुले प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै क्याटवाकदेखि लिएर आवश्यक अन्य तालीमहरु पनि दिएको र प्रतियोगीतहरुमा विकास भएको प्रतिभा र आत्मविश्वासलाई हेर्दा अन्तर्राष्ट्रिय प्रतियोगीतामा पनि प्रतियोगीहरुले नेपालको नाम चम्काउनेमा आफु निकै आशावादी रहेको कोरीयोग्राफर फैजुको भनाइ थियो ।
किड्स र मिसेज डिभा दुवै समूहमा कोरीयोग्राफी इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले गरेका थिए । ड्रेस डिजाइन भने नेपालगञ्जकै इम्प्रेसन बुटिकले गरेको थियो । पाण्डव मिडियाको प्रस्तुति रहेको कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को थियो भने संयोजन राजश्री कलेक्सनले गरेको थियो ।
प्रतियोगीतामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वले निर्णायकको भूमिका सम्पन्न गरेका थिए । प्रतियोगीतामा निर्णायकमा चलचित्र कलाकार सुभेच्छा थापा, रश्मी भट्ट, मोडल कलाकार खगेन्द्र नेपाल, चर्म रोग विशेषज्ञ डा. विनोद कर्ण, होटल व्यवसायी दिनेश भण्डारी सम्मिलित थिए ।
कार्यक्रमको विशेष आकर्षणको रुपमा लिटिल प्रिन्सेजको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड्स फेसन रनवे २०१८ मा उपाधी विजेता सैब्या घिमिरे र लिटिल प्रिन्सको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड्स फेसन रनवे २०१८ मा तेश्रो स्थानमा विजयी सुरेन्द्रकुमार श्रेष्ठको वाल्क पनि रहेको थियो ।
सैब्या र सुरेन्द्रले विगतमा आफुहरुले प्रतियोगीतामा सहभागी भइसकेपछि आफुले सिकेका कुराहरु र आफुमा आएको परिवर्तनको बारेमा भनाई समेत राखेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धलवशमसेर राणाको पनि उपस्थिती थियो ।

Categorized in समाज