काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा आगजनीको घट्ना बढ्दै गएको छ ।
गएराती अज्ञात समूहले नेपालगञ्ज उपमहानगरपालिका–१ खजुरा रोडमा पार्किङ गरिएका अटो रिक्सा र एउटा घुम्ती पसलमा आगजनी गरेको छ ।
नेपालगञ्ज प्रहरीका अनुसार अब्दुल लतिफ हल्वाइका चार तथा अब्दुल रसिदको एउटा रिक्सामा आगजनी गरिएको हो । अज्ञात समूहले नजीकैको एउटा घुम्ती किराना पसलमासमेत आगजनी गरेको पाइएको छ ।
सय घटनाको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा र वडा नं १ का अध्यक्ष प्रमोद रिजालले स्थलगत निरीक्षण गरेका छन् ।
आगजनीबाट घुम्ती पसलको सामान नष्ट भएको छ । दुई दिनअघि नेपालगञ्जका पत्रकार अर्जुन वलीको घरमै पार्किङ गरी राखिएको मोटरसाइकलमा पनि आगजनी गरिएको थियो ।
Categorized in समाज