काठमाडौं । गएराती नेपालगञ्जको न्यरोडमा दुई फेन्सी पसलमा आगलागी भएको छ । आगालागीबाट लाखौंको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउसमा पूर्ण?पमा पूरै क्षति भएको भएको र प्रेमा बुढाथोकीको न्यू सपना सपिङको पनि अधिकांश सामान नष्ट भएको नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य एवं स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठले बताए ।
नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले विद्युत चुहिएर भएर आगलागी भएको जानकारी दिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले घटनाप्रति दुःख व्यक्त गर्दै सङ्घको आपतकालीन राहत कोषबाट ५० हजारसम्म उपलब्ध गराउने व्यवस्था गरेको बताए ।
Categorized in बजार