२५ बैशाख २०८१, मंगलबार
Header

नेपालको हवाई उडान ७५ बर्षमा प्रवेश, नेपालमा कति जहाज र हेलिकप्टर छन ?


प्रकाशित: आइतवार, १५ पुस २०८०, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको हवाई उडानको इतिहास ७५ वर्षमा प्रवेश गरेको छ ।


पहिलो पल्ट २३ अप्रिल १९४९ नेपालमा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 


प्राधिकारणका अनुसार ७५ वर्ष अगाडि भारतीय राजदूतले नेपाल लिएर आएको ४ सिटे जहाजबाट नेपाली हवाई उद्योगको इतिहास सुरु भएको हो । 


नेपाली वायुसेवा कम्पनीसँग अहिलेसम्म मात्रै ६८ वटा जहाज रहेको प्राधिकरणले बताएको छ । अन्तराष्ट्रिय उडान गर्ने विमान कम्पनीहरुमा हिमालय एयरलाइन्स रहेका छन भने आन्तरिक र अन्तराष्ट्रिय उडान बुद्ध एयरले गरिरहेका छन । 


अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएका यती एयरलाइन्स र श्री एयरलाइन्सले आन्तरिक उडानमा दरिलो उपस्थिति जनाएका छन । सीता एयर, तारा एयर, गुण एयर, समिट एयर र सौर्य एयरलाइन्स भने आन्तरिक उडानमा मात्र केन्द्रित देखिएका छन ।


नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स १ जुलाई १९५८ मा स्थापना भएको हो । अहिले नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित ५५ वटा विमानस्थल निर्माण भइसकेका छन । 


बन्द अवस्थामा रहेका विमानस्थलको संख्या २० वटा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र सन् २०२३ को अक्टोवरसम्म ७० लाख २३ हजार ९०७ जना यात्रले सेवा लिएको प्राधिकरणले जनाएको छ ।  जसमध्ये ३६ लाख ७९ हजार ६०५ अन्तर्राष्ट्रिय र ३३ लाख ४४ हजार ३०२ जना आन्तरिक यात्रु रहेका छन ।


नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा सञ्चालित हेलिकप्टर कम्पनीसँग ३३ वटा हेलिकप्टर दर्तामा रहेको छ । श्री एयरलाइन्ससँग ८ वटा, सिम्रिक एयर र एयर डाइनेन्स्टीसँग ४/४ वटा एभरेष्ट र कैलाश हेलिकप्टरसँग ३/३ वटा हेलिकप्टर रहेका छन ।


प्रभु हेलिकप्टर, फिस्टेल एयर, अल्टिच्यूड एयर र माउण्टेन एयरसँग २/२ वटा हेलिकप्टर रहेको प्राधिकरणको तथ्यांक छ । मनाङ एयर, मुस्ताङ हेलिकप्टर र अन्नपूर्ण हेलिकप्टरसँग एक–एक वटा हेलिकप्टर रहेको प्राधिकरणले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD