११ बैशाख २०८१, मंगलबार
Header

नेपालको वित्तीय क्षेत्र सुधारको लागि विश्व बैंकको १८ अर्ब ऋण सहायता


प्रकाशित: बुधवार, २१ बैशाख २०७९, २०ः२४ बजे
- महानगरखबर

काठमाडौं । नेपालको वित्तीय अवस्थाको सुुदृढीकरणको लागि १५ करोड अमेरिकी डलर नेपाली रुपियाँ १८ अर्ब ३६ करोड बराबरको ऋण सहायता प्रदान गरेको छ । 


बुधवार नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैंकबीच बुधबार अर्थ मन्त्रालयमा ऋण सम्झौतामा हस्ताक्षर भएको हो । यसलाई ‘वृद्धिका लागि वित्त नीति ऋण सम्झौता’ नाम दिइएको छ ।


सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । यो सहायताबाट कोभिड १९ र जलवायु परिवर्तनका उदयमान जोखिम सम्बोधन गर्न सहयोग पुग्ने अर्थसचिव मरासिनीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD