१२ बैशाख २०८१, बुधबार
Header

नेपालको यूएईमाथि सानदार जित


प्रकाशित: मंगलवार, २४ भाद्र २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपालले यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा यूएईमाथि सानदार जित हासिल पारेको छ । 


नेपालले यूएईमाथि १६० रनको फराकिलो जित हात पारेको छ । यूएईले ३४.४ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाएको छ । 


यूएईका लागि व्रित्य अरविन्दले सर्वाधिक २८ रन बनाए भने बलिङतर्फ नेपालका सागर ढकालले तीन विकेट लिदा, राशिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २–२ विकेट लिए ।


रोहित कुमारले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरे र  ६७ रनमा आउट भए ।


आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की मात्र एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर २०६÷७ थियो ।


आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए भने कलमसिंहले २५ बलमा ४१ रन बनाए । सागर ढकाल २ रनमा नटआउट रहे ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD