१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेपालको पानीमा दक्षिण कोरिया र खाडीको नजर !


प्रकाशित: मंगलवार, ७ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । उपत्यवासीले मेलम्ची कुरेर बसेको २० बर्ष पुगिसक्दा पनि पानि कहिले आउने अनिश्चित भईरहेको बेला व्यवसायीहरु भने विदेशीलाई पानि बेच्ने अध्ययन गर्न थालेका छन ।


नेपालको हिमाली क्षेत्रका पानीमा दक्षिण कोरिया र खाडी मुलुकले चोसो देखाएको व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार दक्षिण कोरियाली कम्पनीले हिमाली क्षेत्रको पानीमा चासो देखाएका छन । 


नेपाल उद्योग वाणिज्य संघको एक टोलीले कोरियाली कम्पनीहरुले हिमालको पानी प्रशोधन गर्न सकिने विषयमा छलफल भएको नेपाल बोटल्ड वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले सञ्चारमाध्यमहरुलाई बताएका छन । 


व्यवसायीका अनुसार कोरियन कम्पनीले नेपालमा ‘ग्लासियर’ पानीको उत्पादन र निर्यातको व्यवस्थबारे चलेको छलफलमा पानी उत्पादन भएमा कोरियामा नेपालको पानीको बजार रहेको छ । 


हिउँबाट पग्लिएको पानीलाई कुनै पनि मिनरल पनि नहाली सीधै बोटलिङ गर्नेमा कोरियनको चासो रहेको व्यवासायीहरुको भनाई छ । 


सरकारले खानेपानी विक्री वितरण सम्बन्धी नीतिगत कानुन निर्माण गरेको मात्र सम्भव रहेको व्यवसायीहरु बताउँछन । सरकारले ल्याउन लागेको खानेपानी विधेयकमा भने नेपालले पानी उत्पादन गरेर बिक्री गर्न सक्ने कानूनी व्यवस्था गरिएको छ । 


नेपालको पानीमा खाडी मुलुकपनि चासो रहेको छ । नेपालको हिमाली क्षेत्रको पानी आयात गर्ने विषयमा यस अघि नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेलले खानेपानी मन्त्री विनामगरसँग औपचारिक छलफल समेत गरेका थए । 


राजदूत हेलले नेपालको खानेपानी मानव स्वास्थ्यका लागि निकै लाभदायक रहेकाले आवश्यक नीतिगत व्यवस्था गर्न मन्त्री मगरसँग आग्रह समेत गरेका थिए । 


नेपालको हिमाली र पहाडी क्षेत्रका पानीमा मानव स्वास्थ्यमा लागि आवश्यक खनिजतत्व (मिनरल्स) हरु हुने भएकोले यस किसिमको पानीको माग विदेशमा रहेको छ ।  


नेपाल सरकारले पानीको मुहान खोज्ने क्रममा १३ वटा क्षेत्रमा यस किसिमको पानी प्रशोधन गरेर विदेश निर्यात गर्न सकिने सम्भाव्यता देखिएको सरकारी अधिकारीहरुको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex