काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहुँच समुन्द्रसम्म पुराउने चाहना भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार चीनका उपविदेश मन्त्री वाङ वाजुनसँगको भेटका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले चीनसँग भएका सन्धिलाई निश्कर्षमा पु¥याउने बिषयमा भेटवार्ता गरेका थिए ।
सन २०१६ को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिट्टै निश्कर्षमा पुराउने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
सो भेटघाटमा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा्रन्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बारे स्पष्ट पारे ।
त्यसैगरी उपविदेशमन्त्री वाङले नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गरिने बताए ।
Categorized in राष्ट्रिय