१२ बैशाख २०८१, बुधबार
Header

नेपालको पहिचान नेवाः संस्कृति, परम्पराले जोगाएको छ– कांग्रेस नेता केसी


प्रकाशित: सोमवार, २७ भाद्र २०७९, १३ः०० बजे
- विरेन्द्र शाक्य

काठमाडौं । सांसद राजेन्द्रकुमार केसीले नेवाः संस्कृति, परम्पराले विश्वमा नेपाललाई चिनाएको बताउनुभयो । 


अवलोकन भ्रमणको क्रममा आज आईतवार कीर्तिपुर आईपुग्नुभएका काठमाडौं १० नं. क्षेत्रका सांसद केसीले काठमाडौं महानगरमा स्वतन्त्रबाट बालेन्द्र साहले जितेको घटनाले नेपालको राष्ट्रिय र जातीय एकता झल्काएको बताउनुभयो । 


काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले येंयाः (ईन्द्रजात्रा)को क्रममा देश, विदेशका पालिकाका मेयरहरु आमन्त्रण गरी अवलोकन भ्रमण गराउनुको मुख्य उद्देश्य नेवाः संस्कृति, परम्पराको प्रबद्र्धन गर्नु रहेको बताउनुभयो । 


डंगोलले मन्तब्य राख्ने क्रममा नेवाः संस्कृति, परम्परायात राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गरि देशको पर्यटन विकासमा जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो । 


आईतवार ११ बजे आईपुग्नुभएका महागरसंग भगिनी सम्बन्ध भएका महानगर व नगरपालिकाका प्रमुख र उप–प्रमुखहरुको टोलीले कीर्तिपुरको चिलंचो विहार, बाघभैरव, उमामहेश्वरलगायत विभिन्न सम्पदा तथा मठ, मन्दिरहरु अवलोकन भ्रमण गर्नुभएको थियो । 


ससः त्वाः नेवाः रेष्टुंरेन्टको सभाकक्षमा कीर्तिपुर नगरपालिकाद्वारा आयोजित औपचारिक कार्यक्रममा स्वागत गर्नुहु‘दै कीर्तिपुर नगरपालिकाकाी उप–प्रमुख शुभलक्ष्मी शाक्यले कीर्तिपुरका अधिकांश सम्पदाहरुले प्राचीन र ऐतिहासिक महत्व बोकेको बताउनुहु‘दै काठमाडौं महानगरपालिकाको पहलमा भएको कार्यक्रम र अतिथिहरुलाई कीर्तिपुरमा पनि भ्रमण गराउन पाउनु खुशीको कुरा भएको बताउनुभयो । 


कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहु‘दै कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले ईन्द्रजात्रा परापूर्वकालदेखि हु‘दै आएको तर महानगरमा नयॉ नेतृत्व आएपछि नयॉ सोचको काम भएको बताउनुहु‘दै आन्तरिक पर्यटनमा बामे सर्दै अघि बढिइरहेको कीर्तिपुरले यस कार्यक्रमबाट थप टेवा मिल्ने बताउनुभयो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD