१४ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेपालकी पूनम श्रेष्ठ बेलायतमा भीटीसीटी अवार्डबाट सम्मानित


प्रकाशित: मंगलवार, २८ फागुन २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालकी पूनम श्रेष्ठ बेलायतमा भीटीसीटी अवार्डबाट सम्मानित भएकी छिन । 


पूनम व्युटी क्लबकी चर्चित व्युटीसियन पूनम श्रेष्ठ सो अवार्डबाट सम्मानित भएपछि नेपालको व्युटी क्षेत्रमा बेग्लै शान तथा गौरबता कायम भएको छ । 


पूनमले बेलायतको सर्वोत्कृष्ट व्यावसायिक तालिम च्यारिटेवल ट्रष्ट भीटीसीटीवाट ब्राइडल मेकअपमा भीटीसीटी लेभल ३  अवार्ड प्राप्त गरेकी छन्।


केहीदिन अघि बेलायतको भीटीसीटीले भारतको नयाँ दिल्लीमा आयोजना गरेको विश्वव्यापी परीक्षामा नेपालवाट सर्वोत्कृष्टता हासिल गर्ने एकमात्र व्युटीसियन पूनम श्रेष्ठले भीटीसीटी लेभल ३ अवार्ड इन एसिया ब्राइडल मेकअप पाएकी हुन । 


ब्राइडल मेकअपमा थ्यौंरिकल तथा प्राक्टिकल परीक्षा दिएर पूनमले एसियावाटै सर्वोत्कृष्टता हासिल गर्न सफल भएकी हुन्। 


ब्राइडल मेकअप अर्थात दुलही मेकअपमा विशेषता तथा विज्ञता नै प्राप्त गरेकी पूनम व्युटीसियन क्षेत्रमा लागेको पनि यो बर्षवाट १५ बर्ष पुगेको छ। १५ बर्ष लामो अनुभवको सर्वोत्कृष्ट अवार्डको रुपमा आफूले लिएको पूनमले भनेकी छन्। 


पाल्पा तानसेनकी पूनमले काठमाडौंको पुतलीसडकस्थित सीपी व्युटीपार्लर तालिम इन्ष्टिच्यूटमा तालिम लिएर पाल्पामा पूनम व्युटी क्लव शुरु गरेकी थिइन्। 


जुन अद्यावधिक पाल्पाकै उत्कृष्ट व्युटी क्लवको रुपमा रहेको छ । पाल्पाको अपार सफलतापश्चात  केही बर्षअघिवाट मात्र ललितपुरको सानेपा स्थित खरिवोट चोकनेर सुविधा सम्पन्न पूनम व्युटी क्लव स्थापना गरेर व्युटी क्षेत्रको सर्वोत्कृष्ट सेवा प्रदान गर्ने कार्य भैरहेको छ। 


आफ्नै दिदी जीवलक्ष्मीको प्रेरणावाट व्युटी क्षेत्रमा लागेको बताउने पूनमले नेपालका प्राय सेलिब्रेटीहरुलाइ व्युटीफिकेसन गर्ने कार्य गरिसकेकी छन्। घरानिया महिला दिदीबहिनीहरुको उत्कृष्ट रोजाई  पनि पूनम व्युटी क्लव रहेको छ । 


कयौं महिला दिदीबहिनीहरुलाई व्युटीफिकेसनका तालिम दिएर रोजगारी दिने कार्य पनि पूनम व्युटी क्लववाट भएको छ । देशको मात्र होइन, विश्वकै नमूना व्युटी क्लवको रुपमा विकास गर्दैलाने पूनमको सोच र योजना रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex