काठमाडौं । काठामाडौं महानगरपालिका मेयर उम्मेदार नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष बिजय सैंजूले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन ।
सैंजूूले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन ।
१० बुँदे प्रतिवद्धता पत्रमा निःशुल्क शिक्षा, स्वास्थ्य, सकुम्बासी समस्या, सम्पदाको जर्गेना, संरक्षण, भ्रष्टचारमुक्त महानगर बनाउने कुरा उल्लेख छ ।
प्रतिवद्धतामा महानगरवासी वालवालिकालाई निःशुुल्क र अनिवार्य शिक्षाका साथै मातृभाषाबाट पठनपाठनको व्यवस्था गर्ने, सम्पूर्ण महानगरवासीलाई निःशुुल्क स्वास्थ्य जाँचको ग्यारेन्टी गरी, निःशुल्क औषधीको पहुँच पुरयाउने ।
त्यसैगरी, सकुम्बासी समस्यालाई समाधान गरी महानगरमा भईरहेको अव्यस्थित आप्रावासनको समस्यालाई व्यवस्थित गर्ने, नेपालमा विद्यमान विश्व प्रसिद्ध सांस्कृतिक सम्पदाहरुलाई जर्गेना र तिनको संरक्षणमा विशेष जोड दिने, विकासको नाममा भईरहेको विनास कार्यलाई तत्काल रोक्ने र डोजर आतंक बन्द गरी महानगरवासीलाई राहात प्रदान गर्ने ।
पृथक क्षमता भएका महानगरवासीहरुको अधिकार सुरक्षित गर्ने, महानगरवासीहरुको जीउधनको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने, दुषितहुँदै गरेको महानगरको वातावरण स्वच्छ बनाई सफा र सुन्दर महानगर निर्माण गर्ने प्रतिवद्धतामा उल्लेख छ ।
ठोस नीतिहरु बनाई कडा पूर्वक कार्यान्वयन गरी महानगरमा सुशासनको कायम गर्ने र महानगरपालिका भित्र संस्थागत भ्रष्टाचारलाई तत्काल नियन्त्रण गरी घूस लिने र दिने प्रथालाई अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ ।
Categorized in स्थानिय