७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेतृत्व परिवर्तन नहुँदा नेपाली कांग्रेस लगयात पुराना पार्टी संकटमाः थापा


प्रकाशित: शनिवार, १६ असार २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एउटै व्यक्ति पार्टीमा लामो समयसम्म रहिरहँदा नेपाली कांग्रेस पार्टी संकटमा परेको बताएका छन । 


थापाले शनिवार दोलखा- काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै सो विचार व्यक्त गरेका हुन । 


उनले भने,‘ ‘नेपालमा आज किन पुरानो पार्टी संकटमा छन् थाहा छ ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुप्रै कारणमध्येको मूल कारण भनेको ती पार्टीका नेताहरु, खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो ।’


एकै व्यक्ति २५/३० वर्षसम्म नेतृत्व नेतृत्वमा रहेको कारण पार्टीहरु संकटमा परेको भन्दै उनले राजनीतिमा पनि अवकाशको व्यवस्था हुनुपर्ने धारणा राखे ।


थापाले संसारमा कुनै डेमोक्रेसी भएको देशमा एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री नहुने बताएका थापाले जिकिर गरे । 


नेपालमा पनि यस्तो व्यवस्था हटाएर कुनै पद्धति बसाल्नुपर्ने थापाको भनाइ छ । ‘नेपालमा त्यो परम्परा कसले बसाउँछ ? अनि यो परम्परा र थिति बसाउने पार्टी कांग्रेस होइन ? अनि काँग्रेसले थिति बसाउनु परेन ?’ उनले प्रश्न गरे ।


आफू बदलिन तयार रहेको भन्दै थापाले भने, ‘मैले पटकपटक भनेको छु-दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ ।’


थापाले पार्टी रुपान्तरको अभियान सञ्चालन गर्ने तयारी गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex