काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ मओवादीलाई सरकारले प्रतिबन्ध लगाएको छ ।
सरकारले विप्लव माओवादीलाई मंगलबार बसेको बैठकले आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो ।
विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै प्रतिबन्धको घोषणा गरेको हो ।
वार्ताका लागि पहल भएपनि सो समूले वार्तालाई वेवास्ता गरी विस्फोट जस्ता घट्नाहरु घटाउन थालेपछि सरकारले प्रतिबन्ध लगाउन परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन ।
Categorized in राष्ट्रिय