११ भाद्र २०८३, बिहिबार
Header

नेकपा युवा नेता भट्टराईद्धारा ‘छायाँ सेन्टर’ उद्घाटन


प्रकाशित: बुधवार, ११ पुष २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । नेकपा युवा नेता योगेश भट्टराईले पर्यटकीय क्षेत्र ठमेलमा एक कार्यक्रमबिच मंगलवार ‘छायाँ सेन्टर’को उद्घाटन गरेको छ । 


सपिङ कम्पलेक्स ‘छाया सेन्टर’ को उद्घाटन गर्दै युवा नेता भट्टराईले छायाँ सेन्टर जस्ता सपिङ कम्पलेक्सले  एक बृहत प्रोजेक्टको नमुना प्रस्तुत गरेको बताए । 


पर्यटकीय क्षेत्र ठमेललाई पर्यटकको विशेष केन्द्र बनाउन यस किसिमको प्रोजेक्टले सहयोग गर्ने नेता भट्टराईले बताए ।


छायाँ सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले छायाँ सेन्टर एक किसिमको मिनी ठमेल भएको बताए । छायाँ सेन्टरमा ठमेलभित्र पाइने सबै सेवाहरु एकै ठाउँमा पाइने गरी यस सेन्टरको विकास गरिएको जानकारी दिए । 


छायाँ सेन्टरभित्र पाँच तारे होटल अलफ्ट पनि रहेको कम्पलेक्समा तीन वटा मल्टिप्लेक्स थिएटर, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याङकेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबका साथै बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय लगायतका सुविधा रहेका छन् । 


पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको सेन्टर निर्माणको लागि ५ अर्वको लागत लगोको छायाँ सेन्टरले जनाएको छ । ३०० वटा भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने यस कम्पलेक्सको निर्माण कार्य सन. २०१३ बाट सुरु भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex