१३ बैशाख २०८१, बिहिबार
Header

नेकपा प्रदेश ३ संसदीय दलको निर्णयः बागमती प्रदेश, राजधानी हेटौडा


प्रकाशित: शुक्रवार, २५ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बागमती  र राजधानी हेटौडा राख्ने निर्णय गरेको छ । 


मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रवार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 


संसदीय दलले नेकपाका सचिवालयको निर्देशनअनुसार प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्न लिखित निर्णय गरेको छ । 


सो निर्णयप्रति असन्तुष्ट सांसदहरुले भने फरक मत राखी आफ्ना विचारहरु दर्ता गरेको संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले बताए । 


यो निर्णयसँगै अब प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता हुनेछ र सोहीमा मतदान पनि हुने  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएको अनलाईनखवरटडकममा प्रकासित समाचारमा उल्लेख छ । 


यता पहिचान पक्षधरहरुले भने प्रदेशको नाम र राजधानीप्रति कडा आपत्ती जनाउँदै विरोधसभाहरु गरिरहेका छन । 


नेवाःताम्मासालिङ प्रदेशको माग गर्दै काठमाडौका नारा जुलुस तथा सभाहरु भईरहेको छ । 


प्रदेशसभामा नेकपा एक्लैको बहुमत छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD