१६ चैत्र २०८०, शुक्रबार
Header

नेकपा प्रचण्ड–माधव समूहको रत्नपार्कमा खुशियाली सभा


प्रकाशित: बुधवार, १२ फागुन २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बुधवार खुशियाली सभा गर्न रत्नपार्कमा भेला आयोजना गरेको छ ।  


हिजो सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको खुसियाली व्यक्त गर्न सो सभा गर्न लागेको हो । आजको सभालाई यस अघि विरोधसभाको रुपमा घोषणा गरेका थिए । खुसियाली सभा आज समूहले देशैभर गर्ने भएको छ । 


नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । उपत्यका संघर्ष समितिको नेतृत्व गर्दै आएकी नेकपा नेतृ पम्फा भुसालले सबै नेता तथा कार्यकर्ताहरुलाई शान्तिवाटिका (रत्नपार्क)मा भेला हुन आग्रह गरेकी छिन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD