काठमाडौं । झापा मेचीनगर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बुधवार विहान देखि बेपत्ता भएको छ ।
तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशक समेत रहेका भण्डारी हिजो विहानबाट बेपत्ता भएको परिवारजनले बताएको छ ।
भण्डारीकी पत्नी गीता भण्डारी अनुसार मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएको हो ।
नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाडेको उनी पत्नी गीताले बताईन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बेपत्ता भण्डारीको खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।
घर नजिक रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फर्किनुभएको कलेजका सञ्चालक भाष्कर निरौलाले बताए ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उहाँसँग आर्थिक कारोवार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिए ।
Categorized in समाज