काठमाडौं । नेकपा कार्यकर्ताहरुले तनहूँमा नेपाली कांगे्रस नेता मिनेन्द्र रिजालको कार्यक्रम विथोल्न प्रयास गरेका छन ।
तनहुँको ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ गएका नेता रिजालाई नेकपा कार्यकर्ताहरुले ठाउँठाउँमा रुख ढालेर बाटो अवरुद्ध गरेर बाटो छेकेका थिए ।
नेता रिजाल नेकपा कार्यकर्ताका कारण ३ घण्टा बाटो अवरुद्धमा परेका थिए । नेता रिजाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार ढुंगामुढाको प्रयास गरेका थिए ।
नेकपा कार्यकर्ताहरुले उक्त भवन निर्माणमा आफूहरु अवरोध भएको भन्दै कार्यक्रममा जान बाटो छेकेको नेता रिजालको भनाई छ ।
उक्त घट्नाको नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडलले नेकपा कार्यकर्ताले मण्डले शैलीमा अवरोध गरेको बताउँदै घट्नाको भत्र्सना गरेका छन ।
Categorized in राष्ट्रिय