१५ बैशाख २०८१, शनिबार
Header

नेकपा एमाले विधान महाधिवेशन गोदावरीमा सुरु


प्रकाशित: शुक्रवार, १५ असोज २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । 


गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा सुरु भएको अधिवेशन ३ दिनसम्म चल्ने बताइएको छ । 


विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन । पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन ।


शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 


एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिरमा तय भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD