२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नेकपा एमालेमा अहिले सम्म यी नेताहरु उम्मेदवारका लागि सिफारिस


प्रकाशित: सोमवार, २१ पुस २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय कमिटीले पार्टीका पूर्वउपाध्यक्ष ईश्वर पोखरेललाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ ।


एमालेमा हालसम्म २६ जना नेताहरू विभिन्न निर्वाचन क्षेत्रबाट एकल उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन । 


अध्यक्ष केपी शर्मा ओली झापा–५, उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२, महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिव लेखराज भट्ट कैलाली–४, सचिव महेश बस्नेत भक्तपुर–२ तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१ बाट सर्वसम्मत सिफारिस भएका छन । 


लीलानाथ श्रेष्ठ सिरहा–३, अजय गुप्ता रौतहट–१, हरि उप्रेती सर्लाही–३, तिलक महत नवलपुर–२, मिलन गुरुङ (चक्रे) गोरखा–२, बद्री मैनाली नुवाकोट–१, सूर्य ढकाल बाँके–१, दलबहादुर सुनार बाँके–३ लगायतका नेताहरू पनि एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन । 


एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ भने सम्भावित गठबन्धन र क्षेत्रगत रणनीतिका विषयमा पार्टीभित्र छलफल जारी रहेको छ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex