७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेकपा एमालेको केन्द्रीय कार्यालय कीर्तिपुरमा बन्ने, भोलि शिलान्यास


प्रकाशित: विहिवार, २४ असोज २०८१, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने निर्णय गरेको छ । 


विहिवार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कीर्तिपुर नगरपालिका २ स्थित कलङ्की तीनधारा क्षेत्रको जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको छ ।


ललितपुरको च्यासलमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कीर्तिपुरमा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।


पार्टीका उपमहासचिव प्रदीय ज्ञवालीले दिएको जानकारी अनुसार नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । 


यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो । 


नयाँ कार्यालय भवन मदन भण्डारीको स्मृतिमा बनाइने छ ।


बैठकले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत र तथा पुनस्र्थापनाको काममा आफ्ना नेता कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा अझै केही दिन खटिरहन निर्देशन समेत दिएको छ ।


यसैगरी मंसिर १६ गते हुने स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक २२ गतेसम्म तल्ला कमिटीबाट आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन पनि एमालेले भनेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex