काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका नेता कार्यकर्ताहरूका लागि १३ बुँदे आचारसंहिता जारी गरेका छन ।
ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारदेखि सुरू भएको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपालले आचारसंहिता जारी गरेका हुन ।
जारी आचारसंहितमा नेता कार्यकर्ताहरूलाई श्रमको सम्मान गर्ने, श्रम शोषण नगर्ने, आफै पनि श्रम गर्नुपर्ने भनिएको छ। त्यस्तै नेता कार्यकर्ताहरुको आचरण कस्तो हुनुपर्छ भन्ने पनि उल्लेख छ।
’नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्दछ र उनीहरुको खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हनुपर्दछ। यो नै हाम्रो आचरणको मूल पक्ष हो । यसैलाई हामीले व्यवहारमा उतार्नु पर्दछ, उतार्न प्रतिबद्ध छौं,’ आचारसंहितामा भनिएको छ ।
नेता कार्यकर्ताहरूलाई बोल्दा अश्लील र अपशब्दको प्रयोग नगर्न पनि आचारसंहितामा भनिएको छ ।
आचारसंहितमा ’परपुरुष–परस्त्री शारिरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारिरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ ।
नेता कार्यकर्ताहरूले कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्ने पनि आचारसंहितामा भनिएको छ। विवाहहेत्तर र विवाहपूर्वको सम्बन्धलाई एकीकृत समाजवादीले अनैतिक कार्य भनेको छ ।
आचारसंहिता हेर्न यहाँ क्लिक गरौं

Categorized in राष्ट्रिय