काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एकता भाड्ने प्रयास भईरहेको बताएका छन ।
पोखरामा आयोजित नेपाल स्काउटको राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) लाई सम्बोधन गर्दै प्रम ओलीले सो कुरा बताउँदै दुःख व्यक्त गरेको छ ।
पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री बन्न पालो भन्ने विषयमा बहष चलेपछि राजनीतिक बृतमा यतिखेर यो चर्चाको विषय बन्न पुगेको छ ।
पार्टी एकता गर्दाखेरी भएको सहमति अनुसार ‘आलोपालो प्रधानमन्त्री’ बन्ने अध्यक्षद्वयको सहमतिलाई आधार बनाएर अहिले विभिन्न सञ्चार माध्यममा बहष सिर्जना भईरहेको छ ।
भर्खरै पनि पत्रकार ऋषी धमलाले जाहजभित्र ‘आलोपालो प्रधानमन्त्री’ को विषयमा केन्द्रित गरे प्रम ओलीसँग अन्र्तवार्ता गरेपछि सबैको ध्यान यतिखेर आगामी प्रधानमन्त्रीका केन्द्रित हुन पुगेको छ ।
तर यस विषयमा प्रम ओलीले नेकपा पार्टीभित्र देखिएको दुई अध्यक्षको द्वन्द्वलाई इंगित गर्दै एकता हुन नदिने, एकता गरेकालाई पनि फुटाउन खोज्ने, फाटो बढाउने प्रवृत्ति बढ्दै गएको बताए ।
Categorized in राष्ट्रिय