१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेकपा एकता प्रक्रिया टुंगियो


प्रकाशित: मंगलवार, ३१ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता मंगलवारको बैठकले टुंगिएको छ । 


पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डविच एकता प्रक्रियाका नटुंगिएको विषयमा आज पूर्ण सहमति भएको हो ।  अध्यक्षद्धयले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएपछि एकता प्रक्रियाले पूर्णता पाएको पार्टीले जनाएको छ । 


महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएको सो छलफलमा पार्टीको एकताले पाएको पूर्णतालाई छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने भएको छ । 


यस अघि पनि अध्यक्षद्धय ओली र प्रचण्डविच पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भएको थियो ।


अध्यक्ष दाहालले आज एक कार्यक्रममा पार्टी एकता प्रक्रियामा देखिएका विभिन्न खालका प्रलोभन र धम्की, घेराबन्दीलाई पार गरेर प्रतिवद्धता अनुसार नै हामीले एकता घोषणा गरेको बताएका थिए । 


केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे भएको सहमतिलाई छिट्टै सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर अनुमोदन गरिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex