१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेकपा अध्यक्षद्वयद्धारा स्व.अधिकारीको निधनप्रति श्रद्धाञ्जली


प्रकाशित: आईतबार, १९ फागुन २०७५, ०८ः१० बजे
- महानगरखबर

काठमाडौँ । पूर्व अर्थमन्त्री एंव नेकपा नेता स्व. भरतमोहन अधिकरीको पार्र्थिव शरिरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन । 


धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गरेको हो ।

 

अहिले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको छ । 

 
अधिकारीको शनिवार राती ८२ बर्षको उमेरमा निधन भएको हो  । तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेको क्रममा हिजो उनको अवस्था नाजुक रहेको अस्पताले जनाएको थियो । 


पूर्व उपप्रधान मन्त्री समेत रहेका अधिकारीको राती ९ः४५ बजे निधन भएको अस्पतालले बताए । 


अस्पतालका अनुसार अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो। । 


एक कुशल अथमन्त्रीको रुपमा चिनिने स्व. अधिकारीले तत्कालिन समयमा वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना ल्याएका थिए । 


उनकै पालमा भत्ता दिने व्यवस्था लागु भएको थियो । अस्पतालमा सुत्केरी हुनेले हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex