काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले दशैं, नेपाल संवत, दीपावली, छठको अवसरमा चियापान कार्यक्रम गर्ने भएको छ ।
आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।
पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा मंगलबार पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसङ्गठनलाई परिचालन गर्ने निर्णय गरेको छ ।
तत्कालिन नेकपा एमाले र एनेकपा (एमाओवादी) विच एकता भएपछि चियापान कार्यक्रम मनाउन लागिएको हो ।
Categorized in समाज