काठमाडौं । हेलिकप्टर दुर्घट्नमा दिंवगत भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारीको शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रवार वसेको नेकपाको संसदीय दलको बैठकमा शोक प्रस्ताव पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले वाइडवडी प्रकरणबारे बोलका थिए । उनले वाईडवडी प्रकरणमा अधिकारी निर्दोष रहेको बताएका छन ।
प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको र अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजेको आरोप लगाए ।
वाइडबडीबारे रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको प्रधानमन्त्री ओलीले बताएका छन ।
प्रम ओलीले रबिन्द्र एक कर्मठ, क्रियाशील व्यक्तित्व भएको र नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधारण काम बताए ।
त्यसैगरी दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए ।
उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट विश्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ ।
बैठकमा सबैको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो ।
Categorized in राष्ट्रिय