काठमाडौं । नेपाल कम्युनिष्त पार्टी (नेकपा) काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला मनोनित भएका छन ।
शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिबालय बैठकले सचिवमा रविन्द्र श्रेष्ठलाई मनोनित गरेको छ ।
बैठकमा ६ वता महानगरका अध्यक्ष र सविच मनोनित गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य मनोनित भए ।
त्यसैगरी मनोनित हुनेहरुमा पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा छन ।
यस्तै, सचिवालय बैठकले वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मा मनोनित भए भने विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्कीलाई मनोनित गरिएको छ ।
Categorized in राष्ट्रिय