काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) नेता सरोजकुमार सिंहसहित दर्जनौ कार्यकता सपाजावादी पार्टी नेपालमा प्रवेश गरेका छन ।
पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेता सिंह लागायत सबैलाई खादा ओढाई पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहअध्यक्ष श्रेष्ठले अग्रगामी परिवर्तनको एजेण्डाको दृष्टिले समाजवादी पार्टी, नेपाल १० वर्षे जनयुद्ध, मधेस जनविद्रोह र पहिचानको आन्दोलन सबैको उतराधिकारी भएको बताएको छ ।
उनले १० वर्षे जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू तथा माओवादीले वार्ताको क्रममा छोडेको सङ्घीयताका एजेण्डाहरू आन्दोलनकोे माध्यमबाट पुर्नस्थापना गर्न सफल मधेस जनविद्रोह र आदिवासी जनजातिको आन्दोलनद्वारा स्थापित पहिचानको मुद्दाको समेत आफ्नो पार्टीले मात्रै अपनत्व ग्रहण गरेको बताए ।
शनिबार काठमाडौंको नेपाः व्यान्क्वेटमा ससफो जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले अध्यक्षता र सचिव शर्मिला सुवालले सञ्चालन गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी सहअध्यक्ष श्रेष्ठले खादा लगाएर नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू पूर्णबहादुर बस्नेत, कमला बिश्वकर्मा, इश्वर रिजाल, केशव अर्यालले पनि नवप्रवेशीहरूलाई स्वागत र शुभकामना दिएका थियो ।
Categorized in राष्ट्रिय