काठमाडौं । नुवाकोट दुर्घट्नमा मृत्यु हुनेको संख्या २० पुगेको प्रहरीले जनाएको छ ।
दुर्घट्नमा परि घाईते भएका १५ जनाको काठमाडौंको शिक्षण अस्पतालम आठ जना र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रवार नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा साँझ मिनीट्रक दुर्घटना भएको थियो ।
दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
सो घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका दुई जनाको पहिचान भउको छ ।
मृत्यु हुनेहरुमा रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडाँैमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।
मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको जनाएको छ । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हँुदा सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो ।
Categorized in समाज