काठमाडौं । नुवाकोटमा एक बृद्धा महिलाको मंगलवार मध्यराती बलात्कारपछि हत्या प्रयास भएको छ ।
नुवाकोट सदरमुकाममा विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी बताए ।
५० वर्षीय रामशरण नेपालीले बलात्कारपछि घट्ना सार्वजनिक हुने डरले बृद्धाको हत्या गर्ने प्रयास गर्दा वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन ।
हाल उहाँको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको प्रहरीलेजनाइएको छ ।
प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको बताएको छ ।
Categorized in समाज