१२ भाद्र २०८३, शुक्रबार
Header

नुवाकोटको ककनीमा कांग्रेस जिल्ला सभापतिहरुको बैठक हुने


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, १९ः३५ बजे
- महानगरखबर

काठमाडौँ । नुवाकोटको ककनीमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक हुने भएको छ । 


मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको कांग्रेसले जनाएको छ । 


काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिए । 


काङ्ग्रेसको विधान संशोधन समितिमा रहेका काङ्ग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका काङ्ग्रेस सभापतिहरुको समान धारणा बनाउने बताएको छ ।  


नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र रहेको गुटउपगुट अन्त्य गर्नेबारे सभापतिको बैठकमा छलफल हुने बताए । 


यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङको गजुरीमा मङ्सिर १४ र १५ गते हुन लागेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex