१३ बैशाख २०८१, बिहिबार
Header

निसङ्क्रमण द्वार महानगर प्रमुख शाक्यद्धारा शुभारम्भ


प्रकाशित: विहिवार, ११ बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कामपा १५ वडाबाट निसङ्क्रमण द्वारको शुभारम्भ गरेका छन । 


विहिवार उक्त द्धारवाट प्रमुख शाक्य आफै प्रवेश गरी निसङ्क्रमण द्वारको उद्धघाटन गरेका थिए । 


त्यसैगरी १५ वडा अध्यक्ष ईश्वरमान डंगोल पनि उक्त सेनिटाईजर टनेलबाट प्रवेश गरी परिक्षण गरेका थिए । 


काठमाडौं महानगरपालिका वडा नं १५, भुईखेलमा वडा नम्बर १५ को लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्मित शरीर निसङ्क्रमण द्वार स्थापना गरिएको हो । 


यस सेनिटाइजर टनेलमा इफेक्टिभ माइक्रो अरग्यानिजम  (Effective Microorganism)अर्थवा इ.एम.(EM)  को झोल स्प्रे गर्छ र शरीर भरि रहेका सुक्ष्म जिवाणुलाई निष्क्रिय पारी जिवाणु रहित बनाउँछ । 


यसैगरी काठमाडौ उपत्यकाभरी ५० वटा स्पर्श रहित हात धुने स्टेशन राख्ने कार्यको समेत भुँइखेलबाटै सुरुवात गरिएको छ । 


काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाहरु संगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले यस कार्यलाई अघि बढाएको हो । 


गुथिका अनुसार कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न स्पर्श रहित हात धुने स्टेशन सहयोगी हुनेछ । 

 

 हातको सट्टा खुट्टाले थिचेर साबुन पानी आउने व्यवस्थासहितको हातधुने ठाउँ बनाइएको छ । धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्युनीकरण गर्न वाटर एडको सहयोगमा गुथिले निर्माण गरेको हो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD