७ बैशाख २०८१, शुक्रबार
Header

निसंकोच भएर खोप लगाउन प्रमुख शाक्यको आग्रह


प्रकाशित: विहिवार, २७ जेठ २०७८, १८ः१० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गरेका छन ।

 
खोप अनुगमनमा निस्केका प्रमुख शाक्यले सबै त्रासबाट मुक्त गराएर निसङ्कोच खोप अभियानमा सहभागी खोप लगाइ सुरक्षित हुन भनेको छ । साथै छुटेका सबै नागरिकलाई खोप अभियानमा सहभागी गराउन एकजुट भएर लाग्नसमेत प्रमुख शाक्यले आग्रह गरे ।

 
जेठ २५ गते मंगलवार देखि काठमाडौं महानगरका ३२ बटा वडामा तोकिएको खोप केन्द्रबाट ६० देखि ६४ बर्षसम्मकाहरुलाई भेरोसेल खोप दिईरहेका छ । 


खोप अभियानको पहिलो दिन  ८ हजार ७ सय ४७  सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले बताए । 


पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए । दोस्रो दिन ४ हजार ८  सय  ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सहभागी भएका थिए । 


काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यज्युको निर्देशन अनुरुप खोप अभियानलाई थप प्रभावकारी बनाउन उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी गराउने कार्य भईरहेको समते कुँवरले बताए । 


पाँच दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने महानगरको लक्ष्य रहेको विभाग प्रमुख कुँवरले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD