८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निषेधित क्षेत्र तोडे कार्वाही हुने गृहको चेतावनी


प्रकाशित: शनिवार, ६ बैशाख २०८२, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । निषेधित क्षेत्र तोडे कानुन अनुसार कार्वाही हुने गृहमन्त्रालयले जनाएको छ । 


भोलि (आइतवार) हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि मन्त्रालयले शनिवार एक विज्ञप्ती जारी सो बताएको हो । 


मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।


मन्त्रालयले त्यस्ता गितिविधि भए कानुनअनुसार कारबाही हुनेबारे सचेत गराएको छ ।

 
मन्त्रालयले संविधानको ठाडो उल्लंघन गर्न प्रोत्साहन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो । 


विज्ञप्तीमा भनिएको छ ‘यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने ब्योहरा सूचित गरिन्छ। साथै समाजमा  हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’


विज्ञप्तीः

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex